ई–आर्थिक, काठमाडौं । सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा सञ्चालनको जिम्मा महानगरबाट खोसेर सहरी विकास मन्त्रालयलाई दिइएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको हो ।
सरकारले गरेको यस्तो निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । महानगर प्रमुख बालेन शाहसँगको प्रधानमन्त्री के.पी. ओलीसँगै केही समयदेखि पर्दै आएको टकरावको परिणामको रुपमा लिइएको छ ।
धरहरा सञ्चालनको जिम्मेवारी परिवर्तनसँगै धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर सो दिन धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको एक मन्त्रीले जानकारी दिए । २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।