उक्त कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत रही साहित्यकार, गीतकार, गायक र कलाकारिता जस्ता विधामा योगदान पु¥याएकाहरुको उपस्थिति रहेका थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई र दिपक थापा, कोशी प्रदेश प्रमुख चन्द्र कुबेर खापुखलगायत अन्य सकल दर्जाका बहालवाला प्रहरीहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी पुर्बप्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलगायत विभिन्न कलाकारिता पेशामा आबद्ध सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा पुर्ब प्रहरी कलाकारहरुलाई प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले खादा ओढाएर सम्मान गर्नु भयको थियो ।

सो कार्यक्रममा बोल्नुहुँदै महानिर्देनिरीक्षक कुँवरले कला र सस्कृतिले भरिपुर्ण हाम्रो समाज सेवामा कटिबद्ध रहेको बताउनु भयो । सो अवसरमा उहाँले छरिएर रहेका प्रहरी कर्मचारीहरुको हक हितमा समेत आफू प्रतिबद्ध रहेको जानकारी गराउनु भयो । त्यस्तै नाटक, कथा, कविता गीत र अभिनय जस्ता विभिन्न कलाकारिताको क्षत्रबाट आम नागरिकहरु माँझ अपराध रोकथाममा टेवा पु¥याउन उहाँले आव्हान समेत गर्नुभयो ।

प्रहरी सेवामा रही कार्यक्रममा उपस्थित भुतपुर्व कलाकारहरूले परिचय दिने क्रममा पुर्बप्रहरी अधिकृत तथा कलाकार बिनोद के.सी.ले यसरी प्रहरी प्रधान कार्यालयले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नयाँ चेलिलाई माइतिले बोलाएको जस्तै अनुभव भएको भन्दै खुशिको सिमा नै नरहेको कुरा ब्यक्त गर्नुभयो । कलाकार पुलिस जस्तै हुन सक्ला तर पुलिस कहिल्यै हुन नसक्ने र पुलिस कलाकार हुन सक्दो रहेछ भन्ने कुराको अनुभव सुनाउदै ‘एउटा गिर्छ, सङ्गठन पिर्छ’ भन्ने आफुले रचेको नारालाई सदैब पालना गर्दै अघि बढ्ने कुरा कलाकार के.सी.ले व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा पुर्बप्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईलगायत सबै सर्जक कलाकारहरुले आ–आफ्नो तर्फबाट मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्घोषण गायक, लेखक तथा प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गर्नु भएको थियो ।
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आमन्त्रित सबै बहालवाला र भुतपुर्व सर्जक कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।