ई–आर्थिक, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।
नेपाल सरकारको सह–सचिब मध्यकै अब्बल भनेर चिनिने ज्ञवाली योजना आयोगमा आएपछि उत्साहको सञ्चार भएको छ । विशेषगरी आयोगमा उहाँको भुमिकाले नीतिगत र अर्थपूर्ण कार्यमा जोडबल हुने विश्वास गरिएको छ ।
ज्ञवाली सह–सचिब भएयता ७ नम्बर प्रदेशको अर्थ सचिब, काठमाडौ महानगरपालिकाको प्रमुख प्रसाशकीय अधिकृत गृहमन्त्रालय, यातायात मन्त्रालय, नेपाल ट्रष्टको कार्यलय, महालेखा नियन्त्रकको कार्यालय हुँदै सामन्य प्रशासन मन्त्रालयको जगेडामा रहेका थिए । पेशाप्रति इमान्दार र वफादार ज्ञवालीलाई पछिल्लो समयमा राष्ट्रिय योजना आओगमा लत्याइएको हो ।
अति सरल स्वभावका ज्ञवाली नीति नियममा अडिग भयर काम गर्ने सह–सचिवको रुपमा पनि उनी चिनिन्छन् । अनैतिक कार्यको विषयमा जो सुकै संग पनि खरो रुपमा प्रस्तुत हुने उनको स्वभावका कारण यसअघि उनलाई राम्रो ठाउँमा जिम्मेवारीबाट बञ्चित गरिदै आएको छ ।
राष्ट्रिय योजना आयोगमा उनको पदस्थापना भएसँगै आयोगमा नीतिसंगत गर्नु पर्ने कार्यमा उनको भुमिका प्रशंसनीय हुने विश्वास गरिएको छ ।