२०८३ साउन १० आइतबार

विचार नमिल्नाले आफ्नो कार्यकालमा गभर्नरले समय सान्दर्भिक नीति बनाउन कन्जुस्याई गरे : पूर्वअर्थमन्त्री पुन

ई आर्थिक    बिहिबार, साउन २४ २०८१
21.2K
Shares
विचार नमिल्नाले आफ्नो कार्यकालमा गभर्नरले समय सान्दर्भिक नीति बनाउन कन्जुस्याई गरे : पूर्वअर्थमन्त्री पुन

ई–आर्थिक, काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो कार्यकालमा राष्ट्र बैंकका गभर्नरले समयानुकुलको नीतिहरु ल्याउन कन्जुस्याँई गरेको दाबी गरेका छन् । आफूसँग बिचार नमिलेकै कारण मौद्रिक नीतिलगायत आर्थिक क्षेत्रलाई उठाउँने खुकुला नीति नल्याएको दाबी गरेका हुन् । तर अहिले वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको देखिएको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई साथ नदिएको बताए। उनले अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको दाबी गरे। उनले भन्ने मान्छेको मुख थुन्न नसकिने भएपनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भुमिका त्यही देखिएको बताए।

धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको उनको भनाइ छ। उनले शेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको बताए। उनले पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने बताए। उनले पूर्वअर्थमन्त्री डा।महत र आफ्नो कार्यकाल अध्यक्ष नियुक्त नगर्र्दा सकिएको भन्दै अहिलेको अर्थमन्त्रीले पनि सक्ने÷नसक्ने हेर्न बाँकी रहेको बताए।

वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी विनानियुक्त गर्नुपर्ने उनले बताए। उनले बोर्ड अध्यक्षमा योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गरे। पूर्वअर्थमन्त्री पुनले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गरे। उनले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij