ई–आर्थिक, काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ कोटेश्वर, काठमाडौले नलेज ट्रान्सफर गर्ने उद्देश्यले ‘हिलसाइड टेक टक’ सेरिज कार्यक्रमको आयोजना गरेको छ ।
पूर्वाञ्ल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा. देबी प्रसाद भट्टराईको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कन्सट्रक्सन क्षेत्रका हस्ती बिरेन्द्र पाण्डे र इनर्जी डेभलपमेन्ट इण्टरपेन्युअर कुबेर मणि नेपाल मूख्य बक्ताको रुपमा रहनुभएको थियो ।

हिलसाइड कलेज अफ इन्जिनियरिङमा एमएस्सी कन्ष्ट्रक्सन मेनेजमेण्ट र इलेक्ट्रिकल पावर इन्जिनियरिङ अध्ययनरत ४० जना विद्यार्थीहरु र कोअर्डिनेटर प्रमोदकृष्ण कर्मचार्य, डा. सुजन अधिकारी, कलेजका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपाने, अध्यक्ष जनार्दन नेपाल तथा कर्मचारीहरु सहित प्रबुद्व व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कलेजले उपयोगी यस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रम उपलब्धिमुलक भएको हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।
