२०८३ साउन ९ शनिबार

फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

ई आर्थिक    मंगलबार, असार २५ २०८१
7.4K
Shares
फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

ई–आर्थिक, सुनसरी । ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको गढी गाउँपालिका २ की ग्राहक सदस्यको मृत्यु पश्चात उनको परिवारलाई घरमै पुगेर बीमा रकम प्रदान गरेको हो ।

गढी गा.पा. २ सखुवारेकी गितादेवी माझीले २०७९ बैशाख ११ गते संस्थाबाट तीन लाख रुपैंया कर्जा लिएकी थिइन् । उनको कर्जा किस्ता तिर्न बाँकी साँवा र ब्याज रकम एक लाख ४४ हजार रहेकोमा फरवार्डले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापतको ८८ हजार ७ सय ७९ रुपैंया भुक्तान गरेको हो । कर्जा लिने गितादेवीको दुर्घटनामा मृत्यु भएको थियो ।

बीमा रकम हस्तान्तरण गढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रभाकर माझीले मृतकका श्रीमान रामनारायण माझीको घरमै गएर चेक हस्तान्तरण गरे । सो क्रममा बोल्दै वडाध्यक्ष माझीले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अंग भएको बताउँदै यसले हाम्रो जीवनस्तर माथी उकास्न र समाजको बिकास गर्न टेवा पुर्याएको बताए ।

लघुवित्त वित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने तथा बैंक तथा वित्तीय संस्थाको नियमानुसार जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताकै लागि विभिन्न पेशा, ब्यापार ब्यवसायमा लगानी गर्ने भएकोले बैंक तथा वित्तीय संस्था प्रति सबै इमान्दार बन्नुपर्ने वडाध्यक्ष माझीले बताए । पछिल्लो समय ब्यक्तिगत स्वार्थ पुर्ति गर्नकालागि उच्छृङ्कखल ब्यक्ति र समुहले जेमा पनि राजनीति गर्ने प्रवृत्ति मौलाउँदा लघुवित्त क्षेत्रमा सोझासिधा जनतालाई लिएको कर्जा तिर्न पर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा सोको पछि नलाग्न पनि उनले अनुरोध गरे ।

फरवार्ड माईक्रोफाइनान्सका प्रबन्धक तथा विभागिय प्रमुख बिनोद कुमार चौधरीले फरवार्ड संस्थाको उद्देश्य, लक्ष्यबारे जानकारी गराउदै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पु¥याएको योगदान बारे प्रकाश पारे । उनले बिमा र कर्जा बिमा बारे जानकारी दिँदै शोक सन्तप्त परीवारजनमा मल्हम लगाउने उद्देश्यले शतप्रतिशत बीमा प्रदान गरिएको बताए ।

चौधरीले लघुवित्त सदस्यहरुलाई आफुले लिएको ऋणको फजुल खर्च नगरी सही सदुपयोग गर्न र ब्यापार ब्यवसायमा लगानी गर्न अनुरोध गर्दै चाहिने भन्दा बढी कर्जा नलिन तथा अनावश्यक ऋणको भारी नबोक्न आग्रह गरे । समयमा नियमित किस्ता तिर्ने र वास्तवमै अति समस्यामा परेका, आम्दानीको स्रोत नभएका र एक छाक खान नै नसकेका थोरै मात्र कर्जा बाँकी रहेका ऋणीहरुलाई संस्थाहरुले सक्दो सहजिकरण र सहयोग गर्ने गरेको चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij