२०८३ साउन १२ मंगलबार

खराब कर्जा उठाउने कम्पनी खोल्नुपर्ने ऐन बनाउँदै नेपाल राष्ट्र बैंक, ऐनको ड्राफ्ट बनाइदै

ई आर्थिक    सोमबार, असार १० २०८१
2.1K
Shares
खराब कर्जा उठाउने कम्पनी खोल्नुपर्ने ऐन बनाउँदै नेपाल राष्ट्र बैंक, ऐनको ड्राफ्ट बनाइदै

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए ।

काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले खराब कर्जा उठाउन कम्पनी आवश्यक महसुस भएको बताए । कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए । तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij