२०८३ साउन ११ सोमबार

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सको २२ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

ई आर्थिक    बिहिबार, जेष्ठ ३१ २०८१
7.9K
Shares
गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सको २२ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

ई–आर्थिक, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लि.ले २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैकिङ्ग सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ६ वर्ष देखि वार्षिक रुपमा बुंगमती, ललितपुरमा स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै छ ।

यस्तैगरी संस्थाको २२ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने सम्झौता भएको छ ।

साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको २२ औं वार्षिकोत्सव उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

यस संस्थाको प्रधान कार्यालयसँगै २३ शाखा कार्यालयहरु र ४ एक्सटेन्सन काउन्टरहरुबाट बैंकिङ्ग सेवाहरु जस्तै एटिएम सेवा एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ, भ्ऋऋ, च्त्न्क् सेवा, आइपिएस कनेक्ट आइपिएस सेवा, कर्पोरेट पे सेवा, क्युआर पेपेन्ट सेवा, सेफ डिपोजिट लगायत सुविधा हरु छन् ।

संस्थाको २२ औं वार्षिकत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहक, शेयरधनी, शुभचिन्तकहरुमा आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij