२०८३ साउन १० आइतबार

स्रोत नखुलेको १ करोड १ लाख नगदसहित एकजना पक्राउ

ई आर्थिक    आइतबार, जेष्ठ २० २०८१
2.5K
Shares
स्रोत नखुलेको १ करोड १ लाख नगदसहित एकजना पक्राउ

ई–आर्थिक, काठमाडौं । स्रोत नखुलेको १ करोड १ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरिले सुनसरीबाट पक्राउ गरेकोे होे ।

जिल्लाको हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागेर चेकजाँच गर्दा सो नगद बरामद गरेको हो।

कार भित्र बोरामा लुकाइछिपाइ राखेको सो रकमसहित कार र चालकलाई पनि नियन्त्रणमा लिएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

पक्राउ पर्नेमा हरिनगर गाँउपालिका–५ का अन्दाजी वर्ष ३७ का ईसा अन्सारी रहेका छन्।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको स्रोत खुलाउन नसकेको पनि डीएसपी थापाले बताए।

नगद, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा भइरहेको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij