२०८३ साउन १२ मंगलबार

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा विद्यार्थीहरूका लागि स्कूल ब्याग वितरण

ई आर्थिक    बिहिबार, जेष्ठ १७ २०८१
4.5K
Shares
गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सद्वारा विद्यार्थीहरूका लागि स्कूल ब्याग वितरण

ई–आर्थिक, काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले विद्यार्थीहरूका लागि स्कूल ब्याग वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बागमती प्रदेश, ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२२ मा अवस्थित क्लार्क मेमोरियल हिमालय प्राइमरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि बिहीबार स्कूल ब्याग वितरण गरेको हो ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा विद्यालयका प्रधानाध्यापक यज्ञरत्न शाक्य, यस संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग तथा यस संस्थाका अन्य कर्मचारीहरु तथा सो विद्यालयको शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व छ ।

यस संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवाहरु जस्ता आधुनिक बैकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij