२०८३ साउन १० आइतबार

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण

ई आर्थिक    मंगलबार, बैशाख १८ २०८१
6.8K
Shares
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयको प्रक्षेपण

ई–आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने केन्द्रीय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।

मंगलबार केन्द्रीय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थतन्त्र करिब ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरिएको तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गरेको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षको ६ देखि ८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर सार्वजनिक गरिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा अधिकांश अर्थतन्त्रका सूचक सकारात्मक भए पनि केही क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले चालु आर्थिक वर्ष २०८०र०८१ को आर्थिक वृद्धि अनुमान विगतको तुलनामा सकारात्मक रहेको बताउनुभयो।

सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट ल्याएको थियो । तर बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्युन हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ। कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै तथ्यांक कार्यालयका निर्देशक ऋषिराम सिग्देलले सरकारले गत वर्षको भन्दा चालु आ.व.को भन्दा बढी दरले आर्थिक वृद्धि हुने अनुमान गरेको बताउनुभयो ।

गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत भएको बताउनुभयो। उहाँका अनुसार हालसम्म प्राप्त अनुमानको अध्ययन विश्लेषण गर्दा अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ। जसअनुसार आधारभूत मूल्यमा नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बिस्तार हुने देखिएको छ।

चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशतले हुने बताउनु भयो। गत वर्ष देशको अर्थतन्त्र उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधार मूल्यमा २.१६ प्रतिशतले विस्तार भएर आकार (उपभोक्ता मूल्यमा) ५३ खर्ब ४८ अर्ब पुगेको थियो। गत वर्षको संशोधित आर्थिक वृद्धिदर (आधारभूत मूल्यमा) २.३१ प्रतिशत रहेको छ। उहाँले आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको उल्लेख गर्नुभयो ।

कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक कार्यालयले चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij