२०८३ साउन ९ शनिबार

ज्योति विकास बैंकद्वारा अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान

ई आर्थिक    मंगलबार, बैशाख १८ २०८१
6.1K
Shares
ज्योति विकास बैंकद्वारा अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले अग्नि पीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ। बैंकले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा ६ जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ डसना, ओछ्यान र झुल प्रदान गरेको हो।

वैशाख १२ गते बुधबार आगोले क्षति पुर्‍याएका गाउँ जरलहवा, गाछी बस्तीका पीडितहरूको राहतको लागि बैंकले सहयोग गरेको हो।

बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले मटिहानी नगरपालिका ६ का वडाध्यक्ष कलिम अन्सारीको उपस्थितिमा राहत सामग्रीहरू अग्नि पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij