२०८३ साउन १२ मंगलबार

ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सहयोग

ई आर्थिक    शुक्रबार, चैत्र ११ २०७८
4.1K
Shares
ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर सहयोग

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नुवाकोटको म्यागङ गाउँपालिका ३ देउरालीस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर सहयोग गरेको छ। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्दछ ।

स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रविन रेग्मी र देउराली शाखा प्रबन्धक हर्कबहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं ३ का अध्यक्ष हरिबहादुर तामाङको उपस्थितिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रमका बीच स्वास्थ्य चौकीका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो।

बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् न्यानो नानी परियोजना–२ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी–परवानीपुर, हेटौंडा अस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी–फापरबारी, चन्द्रनिगाहपुर अस्पताल–रौतहट, स्वास्थ्य चौकी चिउरीडाँडा–खोटाङ, कल्पवृक्ष स्वास्थ्य चौकी–सिन्धुली, बर्दिया जिल्ला अस्पताल, शिशुवा अस्पताल–कास्की, महादेवपुरी स्वास्थ्य चौकी–बाँके, स्वास्थ्य सेवा कार्यालय–जाजरकोट, प्राथमिक स्वास्थ्य केन्द्र–प्यूठान र इनरुवा अस्पताल–सुनसरीलाई एकएक थान बेबी वार्मर प्रदान गरी १२ वटा बेबी वार्मर प्रदान गरिसकेको छ ।

बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई ‘न्यानो नानी’ बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना–२ को लागि सहयोग प्रदान गरेको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरु गर्दै आएको छ ।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij