२०८३ साउन १२ मंगलबार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा भारी छुट

ई आर्थिक    सोमबार, बैशाख १७ २०८१
4.1K
Shares
समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा भारी छुट

ई–आर्थिक, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आर्सिया डेन्टल, पुतलीसडक काठमाडौंसँंग समझदारी गरेको छ ।

उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २०% छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij