२०८३ साउन १० आइतबार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरिङ्ग सेन्टरमा भारी छुट

ई आर्थिक    बिहिबार, बैशाख १३ २०८१
8.1K
Shares
समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरिङ्ग सेन्टरमा भारी छुट

ई–आर्थिक, काठमाडौं । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले डिलाइट टेलरिङ्ग सेन्टर, पुतलीसडक काठमाडौंसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ्ग सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ्ग सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij