२०८३ साउन १० आइतबार

काँग्रेसले आफूलाई फसाउन सहकारी प्रकरणलाई उचालेको उपप्रधानमन्त्री लामिछानेको दाबी, भन्छन्– ‘काँग्रेसले भन्ने वित्तिकै राजिनामा दिन्न’

ई आर्थिक    बुधबार, बैशाख १२ २०८१
5.3K
Shares
काँग्रेसले आफूलाई फसाउन सहकारी प्रकरणलाई उचालेको उपप्रधानमन्त्री लामिछानेको दाबी, भन्छन्– ‘काँग्रेसले भन्ने वित्तिकै राजिनामा दिन्न’

ई–आर्थिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याउनुभयो । बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले आफूहरु सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताउनुभयो । उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी ठगी प्रकरणलाई उचालेको आरोप समेत लगाउनुभयो । काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उहाँको जिकिर थियो ।

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij