ई–आर्थिक, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्याकारी अधिकृत (सिईओ) मा मुकेश दहाललाई नियुक्ति गरेको छ ।
कम्पनीले वैशाख ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सिईओ पदमा मुकेश दहाललाई नियुक्त गरेको हो ।
दहाललाई वैशाख ४ गतेदेखि लागु हुने गरी २०८३ वैशाख ३ गतेसम्म २ वर्षको लागि नियुक्त गरेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले जानकारी दिएको छ ।