ई–आर्थिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका हाइड्रोपावरका अग्रणी व्यवसायी गुरुप्रसाद न्यौपानेलाई विशेष अदालतले एक वर्ष कैद र ४ करोड जरिवाना सुनाएको छ । धेरै हाइड्रोपावरमा जोडिएका न्यौपाने रिडी पावर कम्पनीका पूर्वअध्यक्ष हुन् ।
विशेष अदालतले उनलाई सेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ७ चैत २०८० मा दोषी ठहर गरेको थियो । तर, सजाय भने निर्धारण भएको थिएन । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार न्यौपानेलाई १ वर्ष कैदसहित ३ करोड ९८ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।