ई–आर्थिक, काठमाडौं । व्यवस्थापन विषयमा विभिन्न कार्यहरु गर्दै आएको नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौंमा वैशाख ८ गते युवा नवप्रवर्द्धकहरूको भेला गर्ने भएको छ । नेक्सजेनले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा वानेश्वर स्थित आनन्द भुमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
वर्षेनि दशौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा देशमै सानो पूँजीमा गर्न सकिने थुप्रै कामहरू रहेको नेक्सजेनको भनाई छ । नेक्सजेनछका अनुसार सरकारी निकायको झै झमेला तथा बैंक बित्तिय संस्थाबाट सहि सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन ।
त्यसैले सिप, जाँगर र चाहना हुँदा हुँदै पनि वाध्य भएर युवाहरूको रोजाई विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरूलाई प्रेरित गर्न र उध्योग ब्यवशाय गर्ने वातावरण बनाउने गरि नेक्सजेनले युवा नवप्रवर्द्धकहरूको भेला गर्न लागेको जानाएको छ ।
भेलामा युवाहरूको ब्यवसायिक योजनाहरू प्रस्तुत हुने, छलफल गर्ने तथा संभाव्य देखिएका परियोजनाहरू स्थापना र संचालनको लागि बैंक वित्तिय संस्थासंग समन्वय गर्ने काम गरिने जनाईएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पती ब्यवस्थापन र ब्यवसायिक परामर्श दिने गरि खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र कम्पनीले सेवा प्रारम्भ गरेको हो । बैशाख ८ गतेको भेला पछि नेक्सजेनले नियमित रूपमा नव प्रवर्द्धक उद्यमीसँग छलफल गरि उनिहरूलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।