२०८३ साउन ९ शनिबार

नेक्सजेन म्यानेजमेन्टले रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी पनि सर्भे गर्ने

ई आर्थिक    शुक्रबार, भाद्र ३ २०७९
8.2K
Shares
नेक्सजेन म्यानेजमेन्टले रुग्ण तथा बन्द उद्योग व्यवसाय सम्बन्धी पनि सर्भे गर्ने

ई–आर्थिक, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले रुग्ण तथा बन्द उद्योगको अवस्थालाई लिएर सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको छ । विगत केही वर्ष देखिको कोरोनाको असर तथा हालैका दिनमा देखा पर्न थालेको विश्वव्यापी आर्थिक मन्दीको कारण धेरै उद्योग व्यवसाय प्रभावित हुँदै गइरहेको अवस्थामा नेक्सजेन म्यानेजमेन्टले सर्भे र परामर्श सेवा प्रारम्भ गर्ने भएको हो ।

कम्पनीले यसअघि पनि बीमा सम्बन्धी सर्भे सम्पन्न गरेको थियो ।

बैंक वित्तीय संस्थामा निष्क्रिय कर्जाको भयावह स्थिति हुने अनुमान गरिदैछ । बैदेशिक मुद्रामा सहजता पार्न आयात नियन्त्रित हुनु र महगाईको कारण आम नेपालीको क्रयशक्ति कमजोर हुदै गइरहेकोले पनि संचालित धेरै उद्योग व्यवसाय बन्द भैसकेका छन भने अधिकांश रुग्ण अवस्थामा जान थालेको पाइन्छ । धेरै सहकारी संस्थाको साथै धेरै प्रकृतिका उद्योग व्यवसाय तथा व्यवसायिक संघ/संस्थाको समेत अवस्था पनि नाजुक हुदै गइरहेको छ । यस्तो जटिल अवस्थामा रुग्ण तथा बन्द उद्योगको यथार्थ अवस्था अध्ययन गर्ने र उनीहरुलाई उचित परामर्श दिने आवश्यकता देखिएको भन्दै कम्पनीले त्यस्ता उद्योग व्यवसायहरुको सर्भे गर्न लागेको हो ।

पूँजीको उचित परिचालन नहुँदा र बजारको व्यवस्थापन हुन नसक्दा उद्योग व्यवसाय राम्ररी चल्न नसकेको हो । यही तथ्यलाई विचार गरी भाद्र महिना भरी रुग्ण तथा बन्द उद्योग व्यवसायको सर्भे र अध्ययन गर्ने तथा आश्विन महिनाबाट न्यून शुल्कमा परामर्श सेवा दिन गइरहेको जानकारी कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स पूर्व बैंकर तथा उद्योगी व्यवसायीको संस्था हो ।

उद्योग व्यवसाय चलाइरहेको, विभिन्न बैंकमा पूर्वकार्यकारी प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेको हुँदा रुग्ण र बन्द उद्योगको उचित व्यवस्थापन तथा पूनःसंचालन परामर्श दिई सहयोग गर्न सकिने विश्वास लिएका कम्पनीले लिएको छ ।

रुग्ण तथा बन्द उद्योगको अध्ययन अनुसन्धानमा यस क्षेत्रका संघ संस्था र उद्योगी व्यवसायीले सक्दो सहयोग गर्ने आशा लिएको अध्यक्ष भट्टराईले लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij