२०८३ साउन ९ शनिबार

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल, लागत २१ करोड ६८ लाख ४८ हजार

ई आर्थिक    बुधबार, चैत्र १४ २०८०
4.4K
Shares
तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा निर्माण भयो पक्की पुल, लागत २१ करोड ६८ लाख ४८ हजार

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ ।

२१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो ।

तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन सञ्चालन पनि भइसकेको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनन गर्न भने बाँकी रहेको बताए ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको छ । त्यसैका लागि आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए ।

विसं. २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij