२०८३ साउन १२ मंगलबार

के.बि.एल. सेक्यूरिटिजले प्रथम वार्षिक साधारणसभा चैत १५ गते गर्ने

ई आर्थिक    बिहिबार, फाल्गुन २४ २०८०
2.2K
Shares
के.बि.एल. सेक्यूरिटिजले प्रथम वार्षिक साधारणसभा चैत १५ गते गर्ने

काठमाडौं । के.बि.एल सेक्यूरिटिज लिमिटेडले प्रथम वार्षिक साधारण सभा चैत १५ गते गर्ने भएको छ । सभा सेक्यूरिटिजको कार्यालय गैह्रीधारा काठमाडौंमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७, २०७७/७८ , २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij