२०८३ साउन १० आइतबार

सुन र चाँदी दुवैको मूल्यमा वृद्धि, सुन प्रतितोला एक लाख २५ हजार पुगेर हालसम्मकै उच्च मूल्य कायम

ई आर्थिक    बिहिबार, फाल्गुन २४ २०८०
2.3K
Shares
सुन र चाँदी दुवैको मूल्यमा वृद्धि, सुन प्रतितोला एक लाख २५ हजार पुगेर हालसम्मकै उच्च मूल्य कायम

ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ । चाँदी प्रतितोला रु ३० ले वृद्धि भई प्रतितोला रु एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij