२०८३ साउन १० आइतबार

मन्त्रालय भागबण्डाको विषयले नयाँ गठबन्धनमा किचलो, गृहलगायत महत्वपूर्ण मन्त्रालयमा तीन दलको दाबी !

ई आर्थिक    मंगलबार, फाल्गुन २२ २०८०
2.3K
Shares
मन्त्रालय भागबण्डाको विषयले नयाँ गठबन्धनमा किचलो, गृहलगायत महत्वपूर्ण मन्त्रालयमा तीन दलको दाबी !

ई–आर्थिक, काठमाडौं । नयाँ गठबन्धनमा समावेश भएका चार दलबीच सरकार गठन गर्ने र आबद्ध दलहरुले पालना गर्ने आधारभुत विषयमा ८ बुँदे सहमति भएको छ । तर महत्वपूर्ण विषय मन्त्रालय भागबण्डाको विषयमा सहमती नभएकाले यो विषय ती दलहरुबीच किचलो बन्दै गएको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको ८ बुँदे सहमति पछि राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ । तर मन्त्रालय बाँडफाँडको विषय भने सहमतिबाट टुंग्याउने भनिएको छ । अहिले त्यही विषयमा नयाँ गठबन्धनबीच सहमतिको प्रयास भइरहेको छ ।

गृह मन्त्रालयका लागि रास्वपा र एमालेबिच बिवाद सुरु भएको छ । उता अर्थमन्त्रालयका लागि पनि एमाले र माओवादीबिच किचलो छ । एमालेबाट उपाध्यक्ष बिष्णु पौडेल र माओवादीबाट उप महासचिव बर्षमान पुनले अर्थमन्त्रालयको आश गरिरहेका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई सपथ खुवाएका छन् । तर उनीहरूको मन्त्रालय भने तोकिएको छैन ।

रास्वपाले गृहलगायत ४ मन्त्रालयमा आफ्नो दाबी रहेको बताउँदै आएको छ । सोही मन्त्रालयमा एमालेसमेतले आँखा गाडेको छ ।

मन्त्रालय भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै आफैंले राखेर सहभागी दलहरुलाई मिलाउने प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij