काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने फागुन २२ गते अन्तिम दिन रहेको हो ।
कम्पनीले १ः१ अनुपातमा कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।