२०८३ साउन ९ शनिबार

न्यायीक पद

ई आर्थिक    शनिबार, माघ ६ २०८०
9.2K
Shares
न्यायीक पद

सिताराम अधिकारी


धेरै पटक सोचे तिमी भित्र डुबे न्यायीक पद तिम्रो गरिमा कति असीम छ भनेर ।
सोच्थे न्यायीक पद योग्यतम् मध्येका योग्यले प्राप्त गर्ने अवसर हो भनेर ।
‌तर विडम्बना ! तिमीलाई किस्तीमा सजाएर बेची रहेका छन् बजारमा मोल मोलाई गरेर ।
जे सुने मैले त्यो सत्य नहोस् तिम्रो गरिमालाई त् पैसा चाकडी चाप्लुसी नातावाद कृपावादले पो खरिद गरे भनेर।


मैले न्यायीक जगतका काविल अग्रजहरुलाई सोधे किन न्यायीक पदमा विचलन हुन्छ भनेर ।
म छक्क परे निष्ठावान धेरै अग्रजहरुले आशा मारिसकेको देखेर ।
अनि म दुःखी भएँ केही निचहरुले किनेर जाउन न्यायीक पद भनी सुजाएको देखेर ।
अर्को अचम्म त फेरि पाइहालिएला कि भन्ने आशामा वेतिथीको साथ दिई जी हजुर गर्नेको लर्को देखेर ।


जो न्यायीक पदको निर्णय गर्ने ओहदामा पुगेको छैन नी उसले तिम्रो खुव महिमा गाउछ ।
त्यही मान्छेले खुव सुधारका आशा देखाई इतिहास नै रचला की जस्तो बनाउछ ।
तर त्यसले तिम्रो गरिमालाई यसरी कुल्चन्छ की फेरि तिमीलाई नग्न बनाई जग हसाउँछ।
त्यसले त फेरि बल्न लागेको तिम्रो आशाको दिपलाई झ्याप् निभाउछ।


न्यायीक पद तिमीलाई जसले प्राप्त गर्यो त्यो सांच्चै तिम्रो लागि काविल होस्।
न्यायीक पद तिमीलाई जसरी ग्रहण गरे पनि तिमीलाई कहिल्यै नबेचोस् ।
जस्तो सुकै परिस्थिति परिवेश परिबन्दमा पनि तिम्रो अस्मिता माथि कहिल्यै नखेलोस् ।
किनकी न्यायीक कर्म त आशाको अन्तिम भरोसा हो त्यसैले कसैको भरोसा नटुटोस्।

(अधिकारी अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij