२०८३ साउन १० आइतबार

ज्योति विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    सोमबार, माघ १ २०८०
3.8K
Shares
ज्योति विकास बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न

ई–आर्थिक, काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारणसभा आइतवार नक्सालमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा सभा सम्पन्न भएको हो । साधारण सभामा भौतिकका साथै अनलाइन (भर्चुअल) प्रविधिमार्फत शेयरधनी सहभागी भएका थिए ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

साधारणसभाले बैंकको सर्वसाधारण शेयरधनी समूहको तर्फबाट महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बैंकको आर्थिक वर्ष (आव) २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आव २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साधारण सभामा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धीको बारेमा जानकारी गराएका थिए ।

साथै बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीले जिज्ञासा राख्नुका साथै सुझावसमेत दिएका थिए । शेयरधनीबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।

बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ ओटा एटीएममार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij