२०८३ साउन १० आइतबार

इपिएस आवेदन फारम भर्न नपाएको भन्दै प्रदर्शन गर्दा मन्त्रीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रणमा लिन गोली प्रहार

ई आर्थिक    शुक्रबार, पौस १३ २०८०
3.1K
Shares
इपिएस आवेदन फारम भर्न नपाएको भन्दै प्रदर्शन गर्दा मन्त्रीको गाडीमा आगजनी, प्रदर्शन नियन्त्रणमा लिन गोली प्रहार

ई-आर्थिक काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।

उहाँ सवार गाडीको हावा खोलेर आगाे लगाइएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक जना घाइने भएको जानकारी महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

यसैगरी, केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नाययबमहानिरीक्षक कुवेर कडायतले आज (शुक्रबार) रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ ।” ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij