२०८३ साउन १६ शनिबार

२२ अर्ब २४ करोड रुपैयाँ बक्यौता बाँकी रहेको ६१ उद्योग कुन-कुन ?

ई आर्थिक    शुक्रबार, पौस १३ २०८०
5.7K
Shares
२२ अर्ब २४ करोड रुपैयाँ बक्यौता बाँकी रहेको ६१ उद्योग कुन-कुन ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटिड र ट्रंक लाइनको विद्युत महशुल नतिरेको भन्दै ९ वटा उद्योगको बिजुली काटिसकेको छ भने अन्य उद्योगहरुको लाइन धमाधम काटिरहेको छ । प्राधिकरणले बिभिन्न ६१ वटा उद्योगहरुले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङक लाइनबाट विद्युत उपयोग गरेको तर त्यसको शुल्क भने नतिरेको भन्दै २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५ सय २० रुपैयाँ १२ पैसा बक्यौता तिर्न ताकेता गरिरहेको छ ।

त्यसक्रममा प्राधिकरणले ठूला ९ वटा उद्योगमा विद्युतको लाइन समेत काटिसकेको छ । ति उद्योगहरुमा अब तत्काल विद्युत लाइन जडान हुने छैनन् । अब विद्युत जडानका लागि उनीहरुले बक्यौता भनिएको रकम तिरेर हिसाब फरफारक गरिसकेपछि प्राधिकरणको लेखा शाखाले सिफारिस गरेपछि मात्रै विद्युत पुनः जडान गर्न मिल्नेछ ।

प्राधिकरणले अहिलेसम्म रिलायन्स स्पिनिङ्ग मिल्स लि, बाबा जुट मिल प्रा. लि, जगदम्वा इन्टरप्राईजेज लि., मारुती सिमेन्ट प्रा. लि., शिवम सिमेन्ट प्रा. लि., हिमाल आइरन एण्ड स्टिल प्रा. लि, धोराही सिमेन्टको लाइन काटिसकेको छ ।

कुलमान घिसिङले प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशमा उद्योगहरुको लाइन भटाभट काटिरहेका छन् । उद्योगहरुले भने टिओडी मिटरको प्रमाण पेश भए मात्रै बक्यौता मानेर महशुल तिर्ने अडान कस्दै आएका छन् ।

डेडिकेटेड र ट्रंकलाइनको महशुल विवादले सरकार नै चौतर्फी घेराबन्दीमा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij