२०८३ साउन १७ आइतबार

गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने

ई आर्थिक    बिहिबार, पौस ५ २०८०
5.5K
Shares
गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने

ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुने ५१ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशतका दरले हुन आउने ४९ करोड २८ लाख ३० हजार रुपैयाँ बराबर बोनस सेयर रहेको छ भने ०.५० प्रतिशतका दरले हुन आउने २ करोड ५९ लाख ३८ हजार रुपैयाँ बराबरको (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरभनहिरुलाई वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij