२०८३ साउन १४ बिहिबार

पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न

ई आर्थिक    बुधबार, कार्तिक १ २०८०
3.6K
Shares
पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न

ई–आर्थिक, काठमाडौं : नेपालको लागि टिभिएस स्कुटर र मोटरसाईकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ ।

पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज ¥यालीजस्ता विभिन्न गतिविधिहरू सञ्चालन गरिएको थियो । उक्त माइलेज क्याम्पमा ६३.३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे विजेता हुन सफल भएका थिए भने ५७.६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७.८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो हुन सफल भएका थिए । आयोजकले माइलेजका बिजेताहरुलाई पुरस्कार प्रदान गरेको थियो ।

उक्त माइलेज टेस्ट एनओजी राइडमा राइडरहरू बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र र उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागि भएको उक्त माइलेज टेस्ट राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राबिधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij