२०८३ असोज ८ बिहिबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बेपत्ता शाखा प्रबन्धक त्रिशुली नदिमा हाम नफाली भारततिर गएको आशंका

ई आर्थिक    मंगलबार, असोज ३० २०८०
9.2K
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका बेपत्ता शाखा प्रबन्धक त्रिशुली नदिमा हाम नफाली भारततिर गएको आशंका

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको हेटौंडा शाखाको बेपत्ता प्रबन्धक निराजन देवकोटा भारततिर गएको बैंक स्रोतले आशंका गरेको छ । आर्थिकरुपमा राम्रो हैसियत बनाइसकेका प्रबन्धक देवकोटा त्रिशुली नदीमा हाम फालेको नभई भारततिर गएको हुनसक्ने आशंका बैंक स्रोतले गरेको हो ।

प्रबन्धक देवकोटाको लास नदिमा नभेटिनुले पनि भारततिर गएको अनुमान पुष्टि हुने बैंकमा कार्यरत उनकै समकक्षी बताउँछन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ चौकिटोल बस्ने ३८ बर्षिय प्रबन्धक देवकोटा सोमबार विहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका केन्द्रिय कार्यालयमा जान्छु भनेर घरबाट हिडेका बुझिएको छ ।

उनले प्रयोग गरेको बा. प्र.०३–००५प४१७६ नम्वरको मोटरसाइकल र चप्पल भने त्रिशुली नदी पुलमा छाडिएको छ ।

बेपत्ता प्रबन्धक देवकोटाको प्रहरी र परिवारले खोजी गरिरहेको छ । यद्यपी नउनको सास र लास केही भेटिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij