२०८३ साउन १० आइतबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश

ई आर्थिक    मंगलबार, फाल्गुन १६ २०७९
7.1K
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८औं वर्षमा प्रवेश

ई–आर्थिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ३८औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डेले यो बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताए । स्थापनाको ३८ वर्षसम्म आइपुग्दा बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चतम स्थानमा राखी सेवा प्रवाह गरिरहेको उनले बताए ।

गएको पुसमा वित्तीय बजारका परिचत बैंकहरू नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जर भएको थियो । मर्जरपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अरू बैंकहरूलाई समेत मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाण्डेले बताए ।

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकका रूपमा स्थापित भएको बताए । संस्थापकको सोच र भिजनका कारण देशकै विश्वासिलो र अग्रणी बैंकका रूपमा स्थापित भएकामा गर्व लागेको बताउँदै उनले ग्राहकवर्गको चाहनाअनुसार आगामी दिनमा थप नवीनतम सेवा प्रवाह गरिने बताए ।

‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यो बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकहरूलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ । यो सुविधाले राष्ट्र बैंकले डिजिटल प्रविधिको उपयोगमा प्रवद्र्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सीईओ पाण्डेको विश्वास छ ।

यसैबीच, ३७औं वार्षिकोत्सवका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदानमा बैंकका कर्मचारीहरूको सहभागिता थियो । यस्तै, वार्षिकोत्सवका अवसरमा साना बालबालिकामा बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले वित्तीय ज्ञानमा आधारित एक बाल पुस्तक पनि सार्वजनिक गरिएको छ ।

इन्भेष्टमेण्ट मेगा बैंकले २९६ शाखा, २७९ एटीएम, ५० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र १०९ शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ । उत्कृष्ट सेवा र व्यवसायका लागि सातपटक ‘बैंक अफ दी एयर अवार्ड’ प्राप्त गरिसकेको यो बैंकले अन्तर्राष्ट्रिय युरो मनीबाट ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ का लागि युरोमनी अवार्डहरू प्राप्त गर्न सफल भएको छ । साथै, अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी (इन्फ्रा) नेपालले यो बैंकलाई ‘ए’ क्रेडिट रेटिङ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij