२०८३ असोज ८ बिहिबार

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन निषेध

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
627
Shares
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन निषेध

चितवन । निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेपछि चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमन रोक लगाइएको छ। चितवनको पृथ्वी राजमार्ग क्षेत्रसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्मउक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिनेछ। निरन्तर वर्षा भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर सवारी रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो।

बिहान सडकको अवस्था हेरेर सवारी सञ्चालनबारे थप निर्णय गरिने जनाइएको छ। प्रजिअ अर्यालका अनुसार बिहान ५ बजेपछि सवारी सञ्चालन गर्ने तयारी भए पनि रातभरि निरन्तर वर्षा वा पहिरोको अवस्था देखिएमा थप सूचना जारी गरिनेछ।

यता, धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले समेत यात्रु तथा सवारी चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ। उहाँले जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गर्नुभएको छ।

निरन्तर वर्षाका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडक अवरोधको जोखिम रहेकाले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij