ई–आर्थिक, काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्।
बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २स्३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय ९फ्लाइट ड्युटी आवर० सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्।
नेपाल आएका यात्रु सुवास न्यौपाने हिमालय एयरलाइन्सको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण छ जना यात्रुले उडान रद्द गरेर फर्किएको र दुबईबाट उडान समयभन्दा थप आधा घण्टा ढिलो गरी उडान भरेको बताउनुभयो। उहाँले भन्नुभयो, “आफ्नै देशको जहाज चढेर नेपाल आउन खोज्ने नेपाली यात्रुले दुःख मात्र भोगेनन्, अन्तर्राष्ट्रिय जगत्मा समेत नेपाली वायुसेवाको गुणस्तरमाथि प्रश्न उठेको छ। एयरलाइन्सको गैरजिम्मेवारीकै कारण विदेशी नेपाल आएनन्।”
उडानका लागि यात्रुलाई जहाजमा राख्दा एउटा मात्रै भ(याङ प्रयोग गरिएको र उडानका क्रममा जहाजमा रहेका पसल ९अनबोर्ड ड्युटी पेड सप० मा समेत सामानको मूल्य अचाक्ली महँगो भएको उहाँले गुनासो गर्नुभयो।