२०८३ असोज ८ बिहिबार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

ई आर्थिक    सोमबार, असोज १५ २०८०
6K
Shares
ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर इन्द्रेगौंडामा

ई–आर्थिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले गुल्मी मुसीकोट नगरपालिका ५ इन्द्रेगौंडा बजारमा ६६ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर जीवलाल खरेल ‘जीवन’ले गरेका छन्।

सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कता हेरी बैंक वामी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो। एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ।

सोही अवसरमा बैंकले मुसिकोट नगरपालिका ५ वरपरका बासिन्दालाई लक्षित गरी डिजिटल बैंकिङ र रेमिट्यान्स सम्बन्धी वित्तीय साक्षारता कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij