२०८३ असोज ९ शुक्रबार

एमजी मोटर नेपालको चाडपर्व अफर, बीमा र सडक कर निःशुल्कबाट ३ लाख रुपैयाँसम्म बचत

ई आर्थिक    बिहिबार, असोज ८ २०८३
494
Shares
एमजी मोटर नेपालको चाडपर्व अफर, बीमा र सडक कर निःशुल्कबाट ३ लाख रुपैयाँसम्म बचत

काठमाडौं । एमजी (MG) मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्सले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा “Drive More, Celebrate More” नामक नयाँ ग्राहक योजना ल्याएको हो ।

असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने यस योजना अन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले रु. ३ लाखसम्म बचत गर्न सक्नेछन्।

नगद बचतका साथै कम्पनीले गाडी खरिदकर्तालाई विभिन्न अतिरिक्त सुविधाहरू समेत उपलब्ध गराउने जनाएको छ। योजना अवधिभर नयाँ गाडी खरिद गर्दा ग्राहकले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:

  • निःशुल्क अटो प्लस इन्स्योरेन्स (Auto Plus Insurance)

  • निःशुल्क सडक कर (Road Tax)

  • इजी एक्सचेन्ज (Easy Exchange) सुविधा

  • सरल फाइनान्स (Easy Finance) सुविधा

कम्पनीका अनुसार यो अफर एमजीका हाइब्रिड तथा पूर्ण विद्युतीय (EV) दुवै प्रकारका गाडीहरूमा उपलब्ध गराइएको छ। अफरमा एमजीका चर्चित मोडलहरू MG HS PHEV/HEV, MG U9 EV, MG4 EV, MG ZS EV र MG3 लगायत समावेश छन्।

हालै नेपाली बजारमा भित्रिएको MG HS PHEV/HEV ले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र उच्च प्रदर्शन प्रदान गर्ने कम्पनीको भनाइ छ। त्यसैगरी MG U9 EV क्षमता र बहुउपयोगिताका लागि तयार पारिएको ४/४ (4×4) इलेक्ट्रिक पिकअप हो।

त्यस्तै MG4 EV मा १८० किलोवाटको मोटर, रियर ह्विल ड्राइभ (RWD), इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ। ग्राहकमाझ लोकप्रिय MG ZS EV सुरुवाती मूल्य रु. ४३.९९ लाखदेखि नै उपलब्ध रहेको र यो आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत भएको छ।

यस योजनाबारे थप जानकारी लिन, गाडीको अवलोकन गर्न तथा टेस्ट ड्राइभका लागि नजिकैको एमजी शोरुममा सम्पर्क गर्न पारामाउण्ट मोटर्सले ग्राहकवर्गलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij