२०८३ असोज ८ बिहिबार

ग्लोबल आइएमई बैंकको एक्स्टेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ई आर्थिक    बिहिबार, माघ १२ २०७९
6.5K
Shares
ग्लोबल आइएमई बैंकको एक्स्टेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

ई–आर्थिक, म्याग्दी । ग्लोबल आइएमई बैंकले म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सोसँगै बैंकको एक्स्टेन्सन काउन्टर संख्या ६३ पुगेको छ । सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै बैंकको बेनी शाखा मातहतमा रहनेगरी सो काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ ।

यो काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ लगायत सेवाहरू उपलब्ध गराइने बैंकको भनाइ छ । बैंकले हाल ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ इकाइ, ६३ एक्स्टेन्सन तथा राजस्व संकलन काउन्टर र तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij