२०८३ साउन १४ बिहिबार

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

ई आर्थिक    बिहिबार, साउन ११ २०८०
5K
Shares
आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट

ई–आर्थिक, काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडबीच कम्पनीको सञ्चालक समितिको निर्णयानुसार आफ्ना सेयरधनीहरूलाई १ः१.५ को अनुपातमा निकट भविष्यमा जारी गर्न लागिएको हकप्रद निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा तथा आफ्नो सेयर रजिष्ट्रारका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको तर्फबाट सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिष्ट्रारसम्बन्धी सम्झौतामा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा शर्मा र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच हस्ताक्षर सम्पन्न गरियो ।

काठमाडौंबाट करिब १३२ किलोमिटर टाढा धादिङ जिल्लामा अवस्थित आँखुखोला बूढीगण्डकी नदीको प्रमुख सहायक नदीहरूमध्ये एक हो । आँखुखोलाको क्याचमेन्ट क्षेत्र करिब ६३३ किलोमिटर छ । औसत वार्षिक प्रवाह ५८.३८ क्युमेक अनुमान गरिएको छ । ३४.५ क्युमेकको डिस्चार्ज ४० प्रतिशतभन्दा बढी सम्भाव्यता भएको मानिएको छ । कम्पनीको विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ ।

उक्त सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैंकिङले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका सेयरधनीहरूलाई हकप्रद सेयर निष्कासनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरूबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij