ई–आर्थिक, काठमाडौं । सानिमा बैंकका ग्राहकले दराजको ‘दराज महाबचत योजनामा’ छूट पाउने भएका छन् । यो योजना अवधिभर ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गरी दराजबाट सामान तथा सेवा खरीद गर्दा छूट पाउने भएका हुन् ।
ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १ हजारसम्मको छूट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्मको छूट पाउने बताइएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । यो योजना साउन ४ देखि १४ गतेसम्म ११ दिनका लागि लागू हुने बताइएको छ ।