२०८३ साउन १४ बिहिबार

सरकारी अनुदान मल निजी पसललाई बिक्री, दुई लाख जरिवाना गराइयो

ई आर्थिक    आइतबार, असार १७ २०८०
3.9K
Shares
सरकारी अनुदान मल निजी पसललाई बिक्री, दुई लाख जरिवाना गराइयो

ई–आर्थिक, इलाम । सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल सहकारीले निजी पसललाई बिक्रीका लागि दिएको खुलेको छ । इलामस्थित कृषि सामग्री कम्पनी लिमिटेडले इलाम नगरपालिका–१, साखेजुङका किसानलाई सहुलियत दरमा उपलब्ध गराउन स्थानीय सूर्यज्योति कृषि सहकारीलाई दिएको ३४ बोरा युरिया र १८ बोरा डिएपी मल बिक्री गरेको पाइएपछि जरिवाना गरिएको छ ।

केही दिनअघि जिल्ला प्रशासन कार्यालयले इलामले इलाम नगरपालिका –७, सुनभागा चोकमा रहेको कृषि बिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानविन गरी जिल्ला प्रशासनले सहकारीमार्फत् किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने निजी पसललाई दुई लाख रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

प्रजिअ पोख्रेलकाअनुसार पसल सञ्चालकले झापाबाट मल ल्याएर बेच्न लागेको बताए पनि उनीसँग उक्त मलसम्बन्धी कुनै पनि बिल–बिजक नभएपछि जरिवाना गरिएको हो । प्रशासनले अनुगमन गर्दा सहकारीले लिएको तीन सय ७० बोरा (प्रतिबोरा ५० किलो) युरिया र एक सय ५८ बोरा डिएपीमध्ये ३४ बोरा युरिया र १८ बोरा डिएपी मल पराजुलीको पसलमा भेटिएको छ ।

सरकारी मल जफतपछि सोही पसलमा अवैध रूपमा ल्याएको थप दुई बोरा भारतीय मलसमेत भेटिएको छ । यता, सहकारीले लगेको मल कसरी निजी पसलमा पुग्यो भन्ने छानविन हुन बाँकी रहेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij