२०८३ साउन १४ बिहिबार

प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले प्रचलनमा ल्याउदै यी नयाँ १५ बीमा योजनाहरु

ई आर्थिक    आइतबार, असार १० २०८०
4.4K
Shares
प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले प्रचलनमा ल्याउदै यी नयाँ १५ बीमा योजनाहरु

ई–आर्थिक, काठमाडौं । प्रभु लाइफ इस्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड असार भित्र मर्ज भएर एकिकृत कारोबार गर्ने तयारीमा छन् । एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स लिमिटेड’ ले बजार बिक्रीको लागि विभिन्न बीमा योजनाहरु ल्याउने भएका हुन् ।

दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषण पछि साउन १ गतेबाट बिक्री वितरणको लागि १५ वटा बीमा योजना आज छनोट गरेका छन् ।

कम्पनीले जनमानसको आवश्यकता , बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधालाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको बताएको छ ।

स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबुद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij