२०८३ साउन २० बुधबार

प्रतिकेजी ३ रुपैयाँमा पनि विकेन बन्दा गोबी, विक्री नभएपछि बारीमै भयो नष्ट

ई आर्थिक    बुधबार, असार ६ २०८०
7K
Shares
प्रतिकेजी ३ रुपैयाँमा पनि विकेन बन्दा गोबी, विक्री नभएपछि बारीमै भयो नष्ट

किसानको पीडा

ई–आर्थिक, धनकुटा । मंहगोमा तरकारी किनिरहेका उपभोक्ताले ३ रुपैयाँमा पनि बन्दा विक्री भएन भन्दा अचम्म लाग्न सक्ला । अच्चम्म मान्नुपर्दैन यो कुनै कारण छैन यो यथार्थ हो । कहानी धनकुटाको छथर जोरपाटी गाउँपालिका २ को हो ।  छथर जोरपाटी गाउँपालिका २ का लाक्पा शेर्पालाई अघिल्लो वर्ष यही सिजनमा बन्दा बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । बारीमै पुगेर व्यापारी र खरिदकर्ताहरू मोलमोलाइ गर्थे । तर, यस वर्ष उनको बारीमा न त व्यापारीहरू नै पुगे, न कौडीको मूल्यमै बन्दा बिक्री गर्न सके । बिक्रीयोग्य तरकारी बारीमै कुहिएको देख्दा मन नै कुडिने उनी दुखेसो पोख्छन् ।

शेर्पाजस्तै यस वर्ष अधिकांश तरकारी कृषकको अवस्था उस्तै छ । गत वर्ष यहि सिजनमा प्रतिकिलो २० रुपैयाँमा बिक्री भएको बन्दा यो वर्ष ३ रुपैयाँमा पनि बिक्री नभएको कृषक बताउँछन् । विगत वर्षमा नेपालका मुख्य बजारसहित भारतका विभिन्न प्रान्तमा यहाँको तरकारी पुग्ने गर्थ्यो । मुलुकमै बेमौसमी तरकारीको उत्पादनमा अब्बल दह्रिएको त्यस क्षेत्रका कृषक यति बेला उत्पादित तरकारी बिक्री नभएपछि चिन्तित छन् ।
बारीभरि कुहिएर नोक्सान भएको तरकारी देखाउँदै शेर्पाले भने, ‘बीउको मूल्य पनि नउठ्ने भयो । यस्तो अवस्था कहिल्यै भोग्नुपरेको थिएन । उनको १२ रोपनी क्षेत्रफलमा लगाएको ४० टन बन्दा बिक्री नभएपछि नष्ट भएको छ । मल बीउसहित खेती गर्दाको अढाई लाख रुपैयाँ लागतसमेत डुबेको बताए ।

त्यस क्षेत्रमा २०७४ सालमा समस्या भोगे पनि कमै मूल्यमा भए पनि बिक्री गर्न पाएका थिए । कृषकले त्यस बेला यस वर्षजस्तो बिक्री नै नहुने समस्या भोग्नु नपरेको बताए । स्थानीय पेम्दी शेर्पाको २२ रोपनी क्षेत्रफल जग्गामा लगाएको तरकारी पनि बिक्री नहुँदा नोक्सानी बेहोर्नुपरेको छ । यस्तै, लाक्पा छेदी शेर्पाको ३२ रोपनी क्षेत्रफलमा लगाएको बन्दा नष्ट भएको छ । स्थानीय पासाङ शेर्पाको पनि अवस्था उस्तै छ ।

स्थानीय कृषकहरू मल र श्रम सबै जोड्दा प्रतिकेजी कम्तीमा १५–२० रुपैयाँसम्म बिक्री गर्न सक्दा पनि फाइदा हुने बताउँछन् । तर, ३ रुपैयाँ मूल्यमा पनि बिक्री नभएपछि आफूहरू समस्यामा परेको अगुवा कृषक प्रेम दर्लामीले बताए ।
१५ रोपनीमा लगाएको तरकारी बेचेरै अघिल्लो वर्ष ४ लाख रुपैयाँ कमाइ गरेका दर्लामीले यो वर्ष भने हात रित्तै भएको दुखेसो पोखे । ‘यस्तो अवस्थामा हाम्रो पीडा सुन्ने कोही भएनन्,’ उनले भने, ‘यो वर्ष त लगानी नै सबै डुब्यो । स्थानीय देवकुमार लिम्बूको समस्या पनि उस्तै छ । उनी मार्गादेवी तरकारी सहकारी संस्थाका अध्यक्षसमेत हुन् । त्यहाँ यस वर्ष कुनै पनि कृषकले तरकारी संकलनका लागि ल्याएका छैनन् ।’

सामान्यतयता वार्षिक रुपमा २ देखि १० लाख रुपैयाँसम्म बेमौसमी तरकारी उत्पादनबाटै आम्दानी लिने अधिकांश कृषक रहेको उनले बताए ।
छथर जोरपाटीको सिधुवा कृषि सहकारी भण्डारका अध्यक्ष मेघेन्द्र गुरुङका अनुसार भारतको दार्जेलिङ, सिक्किमलगायतका क्षेत्रमा यो वर्ष तरकारी उत्पादन बढी भएकाले पनि यहाँको तरकारी निर्यात हुन कठिन भएको हो । ‘अधिकांश तरकारी भारतमै निर्यात हुने भएकाले उताबाट माग नआएपछि समस्या आएको हो,’ उनले भने, ‘अत्यधिक उत्पादन भएको तरकारी स्थानीय बजारमा मात्र खपत हुनै सक्दैन ।
जोगबनी र काँकडभिट्टा हुँदै भारतका खासगरी कोलकाता र आसमलगायत मुख्य सहरसम्म यहाँको तरकारी पुग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij