काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सीयू एजुकेटिभ अवार्ड २०२१ र सीयुएमआई अवार्ड प्राप्त गरी समुदायको अपनत्व प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले आ.ब. २०७९।०८० को तेस्रो त्रैमासिक समिक्षा एवं रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्वमा संस्थाको भवन कर्पोरेट कार्यालयको बैठक कक्षमा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाको तेस्रो त्रैमासिक अवधिमा सम्ममा भएका कार्य प्रगति एवं तेस्रो त्रैमासिकमा लक्ष्य प्राप्तीमा देखिएका चुनौतीको छलफल र बाँकी त्रैमासिकमा संस्थाको लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विभागीय व्यवस्थापकहरुले विभागीय रणनीति र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगति लगायत चालू त्रैमासिक अवधिमा लक्ष्य प्राप्तीका लागी अपनाउनु पर्ने रणनीतिका बारेमा स्पष्ट पार्नुभएको थियो ।
समष्टिगत कार्य प्रगतिको जानकारी गराउनुहुँदै प्रमुख कार्यकारी अधिकृत के.बी.लामा स्याङ्तानले संस्थाको २०७९ चैत्र मसान्तसम्ममा शेयर सदस्य संख्या ४९ हजार पचासी, शैक्षिक बाल बचत कर्ता ९ हजार छ सय ८० जना गरी कुल सेवाग्राही ५८ हजार सात सय ६५ जना पुगी संस्थाको कुल सम्पत्ति ४ अर्व ४७ करोड ६६ लाख भई कुल पाँच अर्ब चार करोड बराबरको कारोबार गर्न संस्था सफल भएको जानकारी गराउनु भयो ।
संस्थाको भवन बनेपा–७ मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको संचालक समितिका पदाधिकारी, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक, ऋण लगानी तथा असूली उपसमितिका सदस्य, सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक एवं उच्च व्यवस्थापनको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत गर्नुभएको थियो ।