२०८३ साउन २२ शुक्रबार

एटीआर–७२ जहाजबाट बुद्ध एयरले थाल्यो काठमाडौं–तुम्लिङटार उडान

ई आर्थिक    बुधबार, जेष्ठ ३ २०८०
5.9K
Shares
एटीआर–७२ जहाजबाट बुद्ध एयरले थाल्यो काठमाडौं–तुम्लिङटार उडान

ई–आर्थिक, काठमाडौं । काठमाडौं–तुम्लिङटार गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान गर्दैै आएको बुद्ध एयरले अब भने एटीआर–७२ बाट उडान शुरू गरेको छ । बुद्ध एयरले मंगलवारबाट यो गन्तव्यमा एटीआर–७२ जहाजबाट उडान थालेको हो ।

७० सिट क्षमताको एटीआर–७२ जहाजबाट उडान शुरू गरेसँगै बुद्ध एयरले काठमाडौं–तुम्लिङटार गन्तव्यमा थप एउटा उडान थप गर्ने योजना पनि अघि सारेको छ । अहिले भने दैनिक एउटा उडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

सिट क्षमता बढी भएको जहाज उडान गर्दा भाडा दर पनि घट्ने र सञ्चालन खर्च पनि व्यवस्थापन हुने देखिएकाले त्यस गन्तव्यमा यो जहाजबाट उडान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो गन्तव्यको शुरूवाती भाडा दर ६ हजार ३८५ रूपैयाँ छ । अधिकतम भाडा भने ७ हजार ६५० रूपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । ७० सिट क्षमता भएको जहाज उडान गरे पनि कम्पनीले यो जहाजबाट शुरूमा ५५ जना यात्रुलाई मात्रै सेवा दिनेछ ।

यसअघि एटीआर–४२ जहाजबाट भने ४०र४२ जना यात्रुले सेवा लिएका थिए । अहिले बुद्ध एयरसँग अधिकांश जहाज एटीआरकै छन् । १२ ओटा यस्ता जहाजबाट कम्पनीले मुलुकका विभिन्न गन्तव्यहरूमा उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij