ई–आर्थिक, काठमाडौं । लघुवित्तको छाता संगठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले विश्वस्तरको एफएओ अवार्ड पाएको छ ।
संयुक्त राष्ट्र संघको फुड एन्ड एग्रिकल्चर ओर्गनाइजेसनले यही अप्रिल २४ मा इटालीको रोममा आयोजित कार्यक्रममा सहकारी संघलाई एफएओ अवार्ड फर पार्टनरसिप २०२३ बाट सम्मान गरेको हो । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले यसबारे जानकारी दिइएको छ ।
सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकासका साथै साना किसानहरूको कृषि र आर्थिक मुद्दाहरूलाई सम्बोधन तथा वकालत गर्दै कृषि क्षेत्रमा योगदान गरेको भन्दै संघले उक्त अवार्ड पाएको हो । सहकारी संघ उक्त अवार्ड पाउने नेपालकै पहिलो संस्था हो ।