२०८३ भाद्र २५ बिहिबार

गृहिणी सेवा बचत तथा ऋण सहकारीद्वारा तालिम र स्तन क्यान्सर परिक्षण शिविरको आयोजना

ई आर्थिक    सोमबार, बैशाख ४ २०८०
6.9K
Shares
गृहिणी सेवा बचत तथा ऋण सहकारीद्वारा तालिम र स्तन क्यान्सर परिक्षण शिविरको आयोजना

ई–आर्थिक, काठमाडौं । गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सदस्यता सक्षमता तालिम सम्पन्न भयो । धुलिखेलको मिराबेल रिसोर्टमा आयोजना गरिएको दुई दिने उक्त तालिममा १९ जनाको सहभागीता रहेको थियो ।

तालिममा संस्थाका १३औं बार्षिक साधारणसभाद्वारा नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति ऋणन मूल्यांकन उपसमिति, अतिरिक्त क्रियाकलाप उपसमिति तथा महिला कानुन शशक्तिकरण अभियान उपसमिति कर्मचारीहरुको सहभागिता रहको थियो ।

नवनिर्वाचित विभिन्न समिति तथा उपसमितिलाई नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गर्नुपर्ने भएकाले प्रशिक्षक सहुलियत कार्यक्रम अन्तर्गत संस्थाको आयोजनामा तालिम प्रदान गरिएको थियो । तालिममा सहभागीहरुले आधारभुत तालिमबाट लाभान्वित गराइएको थियो ।

नेफ्स्कूनका प्रशिक्षक गोपालध्वज श्रेष्ठले प्रशिक्षण दिनुभएको तालिममा प्रमुख अतिथिको रुपमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल रहनुभएको थियो ।

संस्थाले विभिन्न समयमा विभिन्न किसिमका तालिमका साथै विभिन्न सामाजिक कार्यक्रम समेत गर्दै आएको छ । यसैक्रममा केही समयअघि संस्थाकै आयोजनामा स्तन क्यान्सर परिक्षण कार्यक्रम पनि सम्पन्न गरेको थियो । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको उक्त स्तन क्यान्सर परिक्षण शिविर कार्यक्रममा २७० जना लाभान्वित भएका थिए ।

उक्त क्यान्सर परिक्षण शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डा. ठाकुर कोइराला, डा. उत्सवमान श्रेष्ठ र अम्निका हमाल सिनियर ओ.पी.डी. असिस्टेन्टले स्वास्थ्य चेक जाँच गरेका थिए । त्यस्तै बीर अस्पतालका डा. सुरबी अग्रवाल र डा. निलिजा शाक्यलगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गरिएको थियो ।

चन्द्रगिरी नगरपालिका वडा नं. १३ भृकुटीनगर पुरानो नैकापस्थित न्यू डायमण्ड स्कूलमा उक्त शिविर कार्यक्रमको आयोजना गरिएको थियो ।

संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमको अध्यक्षतामा तथा चन्द्रगिरी नगरपालिका वडा नं. १३ का अध्यक्ष कृष्ण खत्री प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६२ सालमा गृहिणी सेवा समाजका नामले १२ जनाको १०० रुपैयाँका दरले संकलन गर्ने समुहको रुपमा गठन भई २०६६ सालमा ६१ जनाको समूह गठन भई विधिवत रुपमा सहकारी विभागमा दर्ता गरेको संस्था हो । हाल यो संस्थाले ८०० जना सेयर सदस्यहरुबीच करोडौंको कारोबार गर्न सफल भएको छ ।

सामाजिक रुपान्तरणमा महिलाहरुको अहम मूमिका हुने कुरालाई आत्मसाथ गर्दै महिला मात्र सदस्यहरु रहेको यो संस्थाले महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरणको निमित्त विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij