२०८३ साउन १२ मंगलबार

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने गरी काम गर्ने महासंघका नवनिर्वाचित अध्यक्ष ढकालको प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, बैशाख १ २०८०
5.5K
Shares
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने गरी काम गर्ने महासंघका नवनिर्वाचित अध्यक्ष ढकालको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने गरी काम गर्ने बताउनुभएको छ ।

बिहीबार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनुभयो ।

उहाँले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्ने पनि बताउनुभयो । उहाँले पछिल्लो समय कोरोना महामारी लगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताउनुभयो । उहाँले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताउनुभयो । उहाँले चुनावसम्म पक्ष–विपक्ष भए पनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताउनु भयो ।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले बिहीबार महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

अध्यक्षलाई पद तथा गोपनीयताको शपथ पश्चात बोल्दै निःर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका पाँच प्रतिवद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij