२०८३ साउन १४ बिहिबार

एसईई दिएकालाई नेपाल टेलिकमले निःशुल्क सिम दिने

ई आर्थिक    शुक्रबार, चैत्र २४ २०७९
5.3K
Shares
एसईई दिएकालाई नेपाल टेलिकमले निःशुल्क सिम दिने

ई–आर्थिक, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने भएको छ । देशभरका कार्यालयबाट टेलिकमले उक्त सिम उपलब्ध गराउने जनाएको छ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मुख्य ब्यालेन्सका रूपमा १० रुपियाँ प्राप्त गर्नेछन् । त्यस्तै उक्त सिममा एक महिनासम्म टेलिकमकै नेटवर्कमा ४० मिनेट कल, ६० एमबी डेटा र ३० वटा टेलिकमको नेटवर्कमा एसएमएस पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ । त्यस्तै उक्त सिममा रिचार्ज गर्दा विद्यार्थीले बोनसका रूपमा अतिरिक्त फोन, एसएमएस र डेटा चलाउन सक्नेछन् ।

सिम प्राप्त गर्न विद्यार्थीले प्रवेशपत्र वा कक्षा १० को प्रमाणपत्रको प्रतिलिपि, एक प्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने टेलिकमले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij