२०८३ साउन १४ बिहिबार

घुस लिएको अभियोगमा वडाअध्यक्ष र सचिव पक्राउ, बैरो विभागका नायबसुब्बा पाण्डेमाथि घुस लिएको आरोप

ई आर्थिक    बुधबार, चैत्र ८ २०७९
4K
Shares
घुस लिएको अभियोगमा वडाअध्यक्ष र सचिव पक्राउ, बैरो विभागका नायबसुब्बा पाण्डेमाथि घुस लिएको आरोप

ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिई गएको टोलीले जिल्ला धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई ५० हजार रुपियाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गा दर्ता गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस–रिसवत लिएको अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, अध्यक्ष र वडा सचिवले ५० हजार रुपियाँ घुस–रिसवत लिइसकेको अवस्थामा उनीहरूलाई उक्त रकमसहित जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी अस्पताल नजिकबाट केही बेरअघि नियन्त्रण लिइएको हो ।

बैरो विभागका नायबसुब्बा पाण्डेमाथि घुस लिएको आरोप

यसैबीच वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत नायबसुब्बा प्रमोद पाण्डेमाथि घुस लिएको आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले सेवाग्राहीसँग ३० हजार रुपियाँ घुस लिएको आरोप लागेको जानकारी दिनुभयो ।

आयोगको विज्ञप्तिमा आरोपितले बैङ्क खाता सुचारु गरिदिने तथा तारेख लगायतका मुद्दासम्बन्धी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij